दुई साताको स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली आज सिंगापुरबाट स्वदेश फर्किँदै

by समतल अनलाइन

काठमाडौँ । दुई साताको स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन् । उनी मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।

 
 
  
 

You may also like