गण्डकी प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना पुष्टि भएको छ ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार दिएको अपडेट अनुसार ४ जिल्लाका थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरु कास्कीका ५ जना, लमजुङका ३ जना रहेका छन् भने तनहुँ र बाग्लुङका एक एक जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।गण्डकी प्रदेशमा अहिलेसम्म १०९१ जना कोरोना संक्रमित ठिक भएका छन् ।त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३६० पुगेको छ ।

 
 
  
 

You may also like