नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहीबार राति ८स्४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो।

अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। यस वर्षका वर्षातसँगै त्यो ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ।

 
 
  
 

You may also like