लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

काठमाडौं । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा। युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।भदौ १ गते भन्दा अघिसम्म भने काठमाडौंभित्र उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन हुन पाउँछन् ।

यातायात व्‍यवसायीले साउन ८ गतेदेखि नै लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक हवाइ उडान पनि भदौ १ देखि मात्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

 
 
  
 

You may also like