पहिरोले घर बगाउँदा नवलपरासी बुलिङटारमा दम्पती बेपत्ता

नवलपरासी। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ मा पहिरोले घर बगाउदा दुई जना बेपत्ता भएका छन् ।सोमबार राति खसेको पहिरोले सुतिरहेको अवस्थामा घरसहित ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको हो ।स्थानीयले अहिले पहिरो हटाएर बेपत्ताको खोजी गरिरहेका बुलिङटार गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेमबहादुर थापा मगरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मोहनबहादुर खाँडले प्रहरी नायब निरीक्षकको कमाण्डमा घटनास्थलतर्फ प्रहरी खटाइएको र खराब मौसमको कारण समयमा नै घटनास्थल पुग्न नसकिएको जानकारी दिएका छन् ।

 
 
  
 

You may also like