काठमाडौं । नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर परीक्षण भएकोमा १०१ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ भने ११ हजार ५३४ जना निको भएका छन् ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एकजना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका एकजना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना संक्रमित भएका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धुनषाका ८ जना, नारायणी अस्पताल विरगंजमा पर्साका २ जना, बाराका एकजना संक्रमित भएका छन् ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना र नुवाकोटाका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका एकजना, नवलपरासी पूर्वका ३ जना, रौतहटका ८ जना र सिन्धुलीका एकजना संक्रमित भएका छन।
यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, पाल्पाका एकजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङका २२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भेरी अस्पताल नेपालगंज प्रयोगशालामा बर्दियाका १० जना, दाङ ५ जना र रोल्पाका १३ जना संक्रमित भएका छन् ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका एकजना र रुकुम पश्चिमका एकजना संक्रमित भएका छन् ।
यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका एकजना, बझाङका एकजना र डोटीका एकजना संक्रमित भएका छन् । योसँगै हालसम्म १७ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ५३४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
कुन प्रदेशमा कतिले ज्यान गुमाए ?
प्रदेश नं १ मा शुन्य
प्रदेश नं २ मा ६ जना
बाग्मती प्रदेशमा ९ जना
गण्डकी प्रदेशमा ५ जना
प्रदेश नं ५ मा १० जना
कर्णाली प्रदेशमा ४ जना
सुदूरपश्चिम प्रदेशमा ६ जना