सञ्चारमाध्यमकाे नवीकरण शुल्क नलाग्ने

काठमाडौं । सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ ।मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिएका हुन् ।त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उनले बताए ।

याे वर्ष काेराेना महामारीकाे कारण सञ्चारमाध्यमकाे नवीकरण शुल्क नलिने सरकारले जनाएकाे हाे ।

 
 
  
 

You may also like