थप ११६ जनामा कोरोना संक्रमण , जम्मा संक्रमित संख्या १७ हजार १७७ पुग्यो

काठमाडौ । नेपालमा बुधबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

 
 
  
 

You may also like