लाइसेन्स विवरण रोकियो

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण स्थगित गरेको छ।
मंगलबार कार्यालयले सूचना जारी गर्दै कार्यालय क्षेत्रमा कोभिड-१९ को उच्च जोखिम रहेको र संक्रमण बढ्दै गइरहेकोले वितरण कार्य स्थगित गरिएको जनाएको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन खुकुलो बनाउँदै लगेको छ । लकडाउन खुकुलो भएसँगै कोरोना जोखिम उच्च रहेको निष्कर्षसहित लाइसेन्स वितरण कार्य स्थगित गरिएको हो ।

 
 
  
 

You may also like