सरकारले अनुमति दिंदा पनि किन चलेनन् सार्वजनिक सवारी साधन ?

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन सुरक्षित रुपमा चलाउन दिने निर्णय गरे पनि यातायात ब्यवसायीले भने सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् ।

सरकारले विहीबार आवश्यक स्वास्थ्य सावधानी अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर अहिलेकै अवस्थामा सवारी चलाउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाइछ । सरकारको निर्णयपछि यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार आकस्मिक बैठक डाकेको थियो ।
व्यवसायीका माग
१) बैंकको ऋण तिर्ने समय सार्नुपर्ने
२) ग्यारेजबाट गाडी निकाल्न पुनर्कर्जाको व्यवस्था हुनुपर्ने
३) राजश्व नलिइ कागजपत्र नवीकरण हुनुपर्ने
४) बैंक ब्याजमा अधिकतम सहुलियत दिनुपर्ने
५) चालक र सहचालकको कोरोना विमा गरिदिनुपर्ने
कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like