नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक २६ गते

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवाद र स्थायी कमिटी वैठक सँगसँगै अघि बढाउने सहमति गर्दै आज (बुधबार) का लागि तय गरिएकोबस्ने बैठक फेरि अचानक स्थगित भएको हो ।

स्थायी कमिटी बैठक थप दुई दिनका लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । उनले बैठक पर्सी (२६ गते) ११ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन् ।

यही असर १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएसँगै विवाद उत्कर्षमा पुगेको छ । भने त्यसपछि स्थायी कमिटी वैठक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

पार्टीभित्र देखिएको विवाद समधानका लागि भन्दै प्रधानमन्त्री ओली र अध्यक्षबीच केही दिनदेखि एक्ला–एक्लै वार्ता हुँदै आए पनि छलफल ठोस सहमति उन्मुख हुन सकेको छैन । नेकपाको विवादमा ‘आइसब्रेक’ भएको बाहिर प्रचार भइरहेको भए पनि वास्तविकतामा त्यस्तो देखिएको छैन ।

 
 
  
 

You may also like