स्वर्गीय पत्रकार पाण्डेको निधनप्रति युनियनद्वारा शोकप्रस्ताव पारित

बुटवल। नेपाल प्रेस युनियन रुपन्देहीले स्वर्गीय पत्रकार कृष्णबाबु पाण्डेको शोक प्रस्ताव पारित गरेको छ । युनियन रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले युनियनका सदस्य समेत रहेका पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस्तै उनको परिवारजन प्रति समवेदना प्रकट गरिएको छ ।
त्यस्तैगरी रुपन्देहीका कोरोना संक्रमित पत्रकारहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । युनियन रुपन्देहीकी सभापति रेखा भुसालको अध्यक्षतामा बसेको बैठकले कारोना भाईरस संक्रमण फैलिन नदिनकालागि सामाजिक दुरी कायम राख्न र मास्क तथा सेनिटाईजरको अनिवार्य प्रयोगकालागि समेत पत्रकार सहित आम नागरिकलाई आह्वान गरिएको छ ।

 
 
  
 

You may also like