त्यसै अफवाह फैलाइयो ,कोही संक्रमित छैन : भाटभटेनी

बुटवल । हिजो अर्थात् मंगलबारदेखि बुटवलका केहि स्थानमा भाटभटेनी सुपर मार्केटमा कोरोना संक्रमित भेटिए भन्ने खबरले बुधबार चर्चा पायो । बुधबार केहिले सामाजिक सञ्जाल मार्फत ‘भाटभटेनीमा कोरोना संक्रमित भेटिए’ भन्दै सार्वजनिक नै गरेका छन् । तर, भाटभटेनीले भने हालसम्म स्टोरमा कोही संक्रमित नभेटिएको बताउँदै गलत अफवाह फैलाएको बताएको छ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा सबै तहले तोके अनुसारको समय र सतर्कताको पालना गर्दै आएको र हालसम्म कोही कर्मचारीलाई कोरोना संक्रमणको लक्षण नदेखिएको हुुँदा परीक्षण नै नगरिएको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताए ।

उनले भने ‘ हामीले उच्च सतर्कता अपनाउँदै सावधानीपूर्वक स्टोर सञ्चालन गर्दै आएका छौं । यहाँ कार्यरत कसैलाईपनि संक्रमणको लक्षण तथा परीक्षण गराउन पर्ने अवस्था आएको छैन । कसैको परीक्षण नगरी नतिजा पोजेटिभ आउँछ र रु यो भाटभटेनी विरुद्धको अतिरञ्जित अफवाह हो ।’उनले एउटा प्रतिष्ठित सुपर मार्केटप्रति गलत आरोप लगाउँदै मानवीय स्वास्थ्य र जीवनप्रतिको गम्भरी विषयमा अफवाह फैलाउनेलाई कारवाहीका लागि कानूनी उपचारको प्रयास गर्ने समेत जनाए ।

 
 
  
 

You may also like