गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ३२४ पुग्यो

गुल्मी। गुल्मीमा पछिल्लो २४ घन्टामा थप ३७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका बिभिन्न स्थानीयतहमा ३७ जनाको संक्रमण पुष्टि भएको हो । जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रजिअ शर्माले बताए ।

संक्रमितहरुलाई पायक पर्ने आईसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी प्रसाद शर्माले बताए । तेस्रो मुलुकबाट फर्कने क्रम बढेकाले पहाडी जिल्लाहरुमा संक्रमण बढेको उनको भनाई छ ।
गुल्मीमा २४३ आईसोलेसनमा ३२९ बेड क्षेमताको आइसोलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।पछिल्लो समय प्रदेश ५ को बांके, कपिलवस्तु लगायतका जिल्लाहरुमा संक्रमितहरुको थपिने संख्या घट्दै गएको छ ।

 
 
  
 

You may also like