पोखरा। गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहानै थप २५ जनामा कोरोना संक्रमण फेला परेको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
नयाँ थपिएका संक्रमित तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासी पूर्वका छन् । आज थप भएका संक्रमितमा दुई महिला छन् ।
हेर्नुस् प्रेस विज्ञप्ति
यस्तै गण्डकी प्रदेशबाट शुक्रबार थप नौ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोनालाई जित्ने नौ जना सबै गोरखा जिल्लाका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १०१ पुगेको छ ।
गोरखा नगरपालिकाका एक महिला र तीन पुरुष र गण्डकी गाउँपालिकाका पाँच पुरुष कोरोना जितेर घर फर्किएका डा.शर्माले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।