कृषि, जलपर्यटन र संस्कृति सम्बर्धन गैडहवा गाँउपालिकाको बटमलाईन : अध्यक्ष केवट

बिन्दु कुमार चौहान 
लुम्बिनी । रुपन्देहीको गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले कृषि, जलपर्यटन तथा संस्कृति सम्बद्र्धन गैडहवा गाँउपालकाको बटमलाईन भएको बताएका छन । सो कुरा उनले गैडहवा गाँउपालिकाको आर्थिक बर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।

गैडहवा गाँउपालिका अध्यक्ष केवटले गाँउ नै गाँउले भरिएको गैडहवा गाँउपालिकाको आर्थिक तथा भौतिक बिकासका लागि यस पालिका अन्र्तगत रहेको राष्ट्रिय गैडहवाताल र तुलसीहवा ताललाई जलपर्यटनको प्रमुख आधारमानी कृषि,पर्यटन तथा संस्कृति सम्बद्र्धन बटमलाईन बनाई नीति तथा कार्यक्रम तय गरिएको जानकारी गराए । उनले अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको काँखमा रहेको राष्ट्रिय गैडहवातालको पहिचान बिश्व भरि फिजाई गैडहवाबासीलाई सम्बद्धिको प्रमुख गंतब्य स्थलको रुपमा बिकास गर्न लक्ष्य राखि सबै नीति तथा कार्यक्रम केन्द्रित रहेको बताए ।

कार्यक्रममा प्रमुख प्रशाषकीय अधिकृत चिरन्जीवी घिमिरेले पालिकाको बटमलाईन सँगै गैडहवाबासीको दैनिक जीवन सँग जोडिएको स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई , सहकारी भौतिक पूर्बाधार, खेलकूद, मनोरञ्जन, लैङ्गिक समानता , सामाजिक समाबेशीकरण, सिचाई, भवन, सहरी बिकास, उर्जा, साना जलबिद्युत, सूचना, प्रबिधी, सञ्चार, वातावरण, बिपद ब्यवस्थापन, बन , भूसंरक्षण, फोहोरमैलाढल ब्यवस्थापन, सुशाषन र सुरक्षालाई दोस्रो प्राथमिकतामा राखिएको बताए ।
सो अवसरमा गैडहवा गाँउपालिका उपाध्यक्ष शुभावती यादव, वडा अध्यक्षद्वय रामबेलास यादव, प्रदीपचौधरी, तुलबहादुरपुन लगायतले मक्तब्य बयक्त गरेका थिए ।

 
 
  
 

You may also like