शुक्रबार रातिदेखि अवरुद्ध गोरुसिंगे–सन्धिखर्क सडक सञ्चालनमा

बुटवल । पाँच दिनदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक आज दिउँसो करिब ३ः३० बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

शनिबारदेखि सडक सञ्चालन गराउन दुई वटा डोजरले काम गरिरहे पनि पहिरो खस्ने क्रम नरोकिएपछि यातायातका साधन सञ्चालन हुन सकेका थिएनन् ।

सडक सञ्चालन भएपछि अहिले बाटोमा अलपत्र परेका सवारी र यात्रुहरु गन्तव्यमा जान थालेका छन् ।

 
 
  
 

You may also like