मुसिकोटमा थप ४ जनामा कोरोना संक्रमण,योसँगै गुल्मीमा संक्रमितको संख्या २ सय ३७ पुगे

हरि पाठक
गुल्मी। मुसिकोट नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।भारतबाट आई मुसिकोट नगरपालिका भित्रका ९ ओटै वडाहरूमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको ती क्वारेन्टिनमा आएर बसेको १४ दिन अबधी पूरा गरेकाहरूको आरडिटी परिक्षण गरिएको हो ।परिक्षणमा पोजेटिभ देखिएकाहरू मध्येबाट यही आसार १ गते सोमबार ६४ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि पठाइएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा मंगलबार ४४ बर्षकी १ महिला ,१७,१९र २६ बर्षका पुरूष गरि थप ४ जनामा कोभिड१९ पुष्टिभएको नगरपालिकाका स्वास्थ्य प्रमुख ढाल बहादुर जि।सीले बताउनुभयो।नयाँ संक्रमित ४ जनाको वडा भने खुलाईएको छैन भने उनिहरूलाई स्वास्थक्रमीहरूको प्रत्यक्ष निगरानीमा मुसिकोट नगरपालिका वडा नं. ७ स्थित रूद्रावती बहुमुखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा राखिएको छ। उनिहरू सबैको स्वास्थ्य अबस्था सामान्य नै रहेको छ।यो संगै जिल्लामा संक्रमितको संख्या दुई सय ३७ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

संक्रमण देखिएका सबै भारतबाट आएका हुन् ।जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ भने १ सय ७८ जना डिस्चार्ज भएका छन्। त्यस्तै जिल्लाभरबाट १ हजार २ सय १ जनाको स्वाब संककलन गरि पठाएकामध्ये २ सय ३४ जनाको रिपोर्ट पोजेटिभ,६ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको र ३ सय १४ जनाको रिपोर्ट आउन बाँकि रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्वारा हस्ताक्षर गरिएको कोभिड१९ बिबरणमा उल्लेख गरिएको छ।

 
 
  
 

You may also like