सेती अस्पतालमा गरिएको परीक्षणमा ५ महिनाकी शिशु सहित ४९ जनामा कोरोना पुष्टि

काठमाडौं।सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो अपडेट सार्वजनिक गर्दै थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी गराएको हो ।

नयाँ थपिएका संक्रमितहरुमध्ये ५ महिनाकी शिशु सहित १७ जना महिला र ३२ जना पुरुष छन् ।

उनीहरु मध्ये कैलालीको गोदावरीका मात्र ४४ जना रहेका छन् । यस्तै कैलाली जिल्लाकै अर्का दुई जना पनि संक्रमित भएका छन् ।

यस्तै अन्य बाजुराका एकजना, कंचनपुरका एकजना र बझाङका एकजना छन् ।

 
 
  
 

You may also like