सुदूरपश्चिममा पाँच महिने बालिकासहित ४९ जना संक्रमित थपिए, एकै नपाका ४४ जना

सुर्खेत । सुदूरपश्चिममा आज (मंगलबार) पाँच महिने बालिकासहित थप ४९ जनामा कोरोना संक्रमण फेला परेको छ ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ महिला र ३२ पुरुषमा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
मंगलवार सबैभन्दा बढी कैलालीको गोदावरी नगरपालिकामा ५ महिने बालिकासहित १५ महिला र २९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कैलालीमा मंगलबार ४६ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका, बझाङ र बाजुराका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

 
 
  
 

You may also like