साउदीबाट २४७ नेपाली स्वदेश आइपुगे

काठमाडौं। ६ महिनादेखि साउदी अरेवियास्थित नेपाली दूतावासको ‘सेल्टर’ मा आश्रय लिइरहेका केहि सहित २४७ नेपाली आज (आइतबार) विहान काठमाडौं आइपुगेका छन् ।

नेपाल एअरलाइन्सको उडान नं आरए २१९२ बाट एक नाबालकसहित २४७ जना नेपालीहरु बिहान स्वदेश आइपुगेका हुन् ।

यो उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित, अन्य १२ जना महिला र बाँकी पुरुषहरु फर्किएको साउदीमा रहेको नपाली दूतावासले जानकारी दिएको छ । समस्यामा परेका नेपालीको बिदाइ गर्न राजदूत महेन्द्रप्रसाद सिंह राजपुत आफैं विमानस्थल पुगेका थिए ।

यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कने छन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदै छन् । यस्तै आज कतारको दोहाबाट पनि त्यहाँ समस्यामा परेका नेपाली फर्कंदैछन् भने मलेसियाबाट पनि नेपाली फर्कने छन् ।

 
 
  
 

You may also like