माथीबाट पहिरो खस्दा जीप पुरियो,एकको ज्यान गयो २ जनाको अबस्था गम्भीर

बासुदेव पोखरेल
गुल्मी । गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा १ जनाको ज्यान गएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।

देउराली यातायातको अर्घाखाचीको मालारानी, हाडहाडे हुदै धनमुडा जादै गरेको ग १ ज ३९९७ नम्बरको गाडि चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । ६ जना सवार जिपलाई एक्कासी माथिबाट खसेको पहिरोले पुर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा धुर्कोट ३ हाडहाडे मल्ज्याङका अन्दाजि १८ वर्षका तुल्सीराम काउछा रहेका छन ।

यस्तै सोहि ठाउँकै गाडी चालक प्रदिप पुन र रमेश राना गम्भीर घाइते भएको जनाईएको छ ।घाइतेहरुलाई उपचारको लागि सन्धीखर्क लगिएको छ । घाइतेमध्ये केशव काउछा ,खिम बहादुर काउछा र बिशाल काउछा तीन जनाको अवस्था सामान्य रहेको छ भने गाडि क्षतबिछेद भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like