आठ वर्षीय छोरालाई ज्यूँदै गाडेको आरोपमा बाबु पक्राउ

बुटवल । रुपन्देहीमा आफ्नो आठ वर्षीय छोरालाई ज्यूँदै गाडेको आरोपमा एक बाबु पक्राउ परेका छन् ।शुक्रबार आफ्नै बाबुले आठ वर्षीय बिरामी छोरालाई ज्यूँदै बोरामा हालेर गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् । स्थानीयले खबर गरेलगत्तै गाडेको बालकलाई प्रहरीले झिकेको छ । प्रहरीले गाडेको बालकलाई झिके पनि उनको मृत्यु भइसकेको थियो ।

जिल्लाको तिलोत्तमा नगरपालिका–४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नो आठ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको भन्दै स्थानीयले खबर गरेपछि आफूहरु त्यहाँ पुगेर गाडेको बालकलाई झिकेर अस्पतालमा लगेर चेक गराएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

‘गाउँलेहरुले बिरामी छोरालाई ज्यूँदै गाड्यो भन्ने खबर गरेपछि गइयो, गाडेको बालकलाई ल्याएर अस्पतालमा चेक गराउँदा मृत्यु भएको जानकारी दिइयो, आरोपित बाबुलाई नियन्त्रणमा ल्याएर सोधु गरिँदैछ’ डिएसपी राठौरले भने । आरोपित राजुले भने छोराको मृत्यु भएर नै आफूले गाडेको बयान दिएको बताइएको छ । पोष्टमार्टमपछि मात्र घटनाबारे थप बताउन सकिने उनले बताए ।

 
 
  
 

You may also like