क्वारेन्टाइनबाट फरार ३५ जना पक्राउ

सन्धिखर्क । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भुमिकास्थान नगरपालिका १ र २ ढाकावाङको क्वारेन्टाइनबाट भागेर भागेर घर हिँडेका ३५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा बसेको २५ दिनभन्दा पनि बढी भएको र जेठ २२ गते पीसीआर परीक्षणका लागि पठाएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए । उनीहरु भारतको दिल्ली, हरियाना, पंजाब, केरलालगायतको ठाउँबाट आएर स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

 
 
  
 

You may also like