सुशान्तको मृत्युको पीडाले भाउजुको पनि निधन

काठमाडाैं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटनाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ । सुशान्तले अचानक आत्महत्या गरेको घटनाको पीडा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले विक्षिप्त थिइन् । सुशान्तले आत्माहत्या गरेको भोलिपल्ट उनको निधन भएको हो ।

ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

सुशान्तको मृत्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन्। देवरको मृत्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भयो।

 
 
  
 

You may also like