सिद्धबाबाबाट गाडी खस्यो ६ जना घाइते

बुटवल ।पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको हाइलक्स गाडी पाल्पाको सिद्धबाबा नजिकै तिनाउ नदिनमा खस्दा ६ जना घाइते भएका छन् ।सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्ध बाबा नजिकै प्रदेश ३, ०१२२ च ४५२२ नमम्बरको हाइलक्स सडकबाट करिव १ सय ५० मिटर तल खसेको दोभान प्रहरी चौकीका इन्चार्ज बालबहादुर घर्तिले जानकारी दिए ।

घटनामा परि घाईतेहरुलाई उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । दुर्घटनामा परी पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ का दया पाण्डे, नन्दलाल बस्याल, शिब पाण्डे , कृष्ण बस्याल , बालकृष्ण बस्याल र बिनोद बस्याल घाइते भएको प्रहीले जनाएको छ । घाईते मध्य २ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। सिद्धबाबाबाट जेठ ३० गते लु १ ज ४०९३ कार तिनाउ नदीमा खसेको थियो ।

 
 
  
 

You may also like