भारतमा एकै दिन १२ हजार बढी संक्रमित, मृतकको संख्या ९ हजार नाघ्यो

भारत विश्वको चौथो स्थानमा, मोदी तनाब र दवावमा
नयाँदिल्ली। भारतमा शनिबार एकै दिन १२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । संक्रमणको कारण हिजो त्यहाँ तीन सय नौ जनाको मृत्यु भएको ।

वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको छ । त्यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या नौ हजार एक सय ९९ पुगेको छ ।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार ३७ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३१ हजार सात सय २६ पुगेको छ ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ७८ लाख ५५ हजार २१ पुगेको छ भने गएको २४ घण्टामा मात्रै विश्वभर गरेर एक लाख २७ हजार नौ सय २८ जना नयाँ संक्रमित थपिएका छन् ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा आठ सय ९० जनाले ज्यान गुमाएका छन् भने त्यसपछि ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ ।

अमेरिकामा गएको २४ घण्टामा ६ सय ९९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार नाघेको छ ।

भारत विश्वको चौथो स्थानमा
भारतमा कोरोना बिकराल स्थितिमा पुगेको छ । संक्रमणमा भारत चौथो स्थानमा पुगेको छ । भारतले बेलायतलाई पनि निकै पछि पारेको छ ।

बेलायतमा २ लाख ९४ हजार ३७५ जना संक्रमित रहेका छन् । त्यहाँ कोरोना शान्त हुँदैछ । २४ घण्टामा १ हजार ४२५ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतक १८१ थपिएर ४१ हजार ६६२ पुगेका छन् । भारतभन्दा अगाडि अमेरिका, ब्रजिल र रुस रहेका छन् ।

तनाव र दवाबमा मोदी
भारतमा निकै तीव्र गतिमा कोरोना संक्रमण बढेसंगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तनाव र दवावमा परेका छन् ।

उनले शनिबार मन्त्रीहरुसंग संक्रमणलाई नियन्त्रण गर्ने तयारी बारेमा समीक्षा गरेका छन् । उनले सिनियर मन्त्रीहरु र अफिसरहरुसंग समीक्षा गरेका हुन् । त्यस्तै महाराष्ट्र र दिल्लीसमेत सबै राज्यको स्थितिबारे समेत चर्चा भएको छ ।

दुई तिहाइ कोरोनाको संक्रमण केवल पाँच राज्यमा छन् । परीक्षण, बेडको संख्या बढाउने र सेवा बढाउने बारेमा चर्चा भएको छ । त्यस्तै इमरजेन्सी योजनाका लागि समेत स्वास्थ्य मन्त्रालयलाई भनिएको छ ।

 
 
  
 

You may also like