सरकार १० अर्बको हिसाब खै ? भन्दै बुटवलमा गरे युवाहरुले प्रदर्शन ( फोटो फिचर )

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै बुटवलमा युवाहरूले शान्तिपूर्ण विरोध गरेका छन् । स्वत:स्फूर्त रूपमा सडकमा निस्किएका उनीहरूले सरकारले पीसीआर परिक्षणको दायरा बढाउन नसकेको, क्वारेन्टाइनलाई व्यवस्थित बनाउनतर्फ सरकार नलागेको, १० अर्बको खर्च कहाँ भएको जस्ता प्ले कार्डसहित विरोधमा उत्रिएका थिए ।

बुटवलको बसपार्क, अस्पताललाइन, टार्फिकचोकसम्म लामवद्ध भएर युवाहरूले विरोध गरेका हुन् । स्वत:स्फूर्त निस्केको युवाको विरोध समूहबाट हुन सक्ने घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो ।

विरोधमा सहभागी युवाले मुख छाेपेको डरले होइन, सरकारको लाचारीपनले हो, १० अर्ब खै, सबैको पीसीआर परीक्षण गरलगायतका प्ले कार्ड बोकेका थिए ।

फोटो फिचर:

 

\

 

 

 

 
 
  
 

You may also like