85
काठमाडौं। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको ड्यूटिमा रहेका एक सैनिक छातिमा गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्यूटीमा खटिएका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।
बैतडीको सुर्मा गाउँपालिका – ५ का उनले आत्महत्या गरेको हुनसक्ने पाण्डेले जनाएका छन् ।
‘ड्यूटीमा खटिएका विष्टले मध्यराति आफैँले आफैँलाई गोली हानी आत्महत्या गरेको हुनसक्ने देखिन्छ, टिचिङमा पोष्टमार्टमको तयारी भएको छ, रिपोर्ट आएपछि विस्तृत खुल्छ,’ पाण्डेले खबरहबसँग भने ।