रुपन्देहीको तिलोत्तमामा ३ जनामा कोरोना संक्रमण फेला

बुटवल/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमण पुष्टि भएकाहरु सवै भारतको मुम्वईबाट आएका हुन । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले तिलोत्तमा वडा नं. ४, ८ र ९ का १÷१ जना गरि ३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

सक्रमित पुष्टि भएकाहरु वडा नं. ९ का ३५ वर्षिय र वडा नं. ८ का ६२ वर्षका पुरुष र वडा नं. ४ की ४४ वर्षकी महिला रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । सुनौली स्थीत क्वारेन्टिनमा बसेका उनिहरुलाई तिलोत्तमा नगरपालिकाले गत जेठ १२ र १३ गते उद्धार गरि क्वारेन्टिनमा राखेको थियो ।

नगरपालिकाका प्रमुख घिमिरेका अनुसार क्वारेन्टिनमा राखिएकाहरुको आरडिटी परिक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनिहरुलाई शंकरनगर स्वास्थ्य चौकिमा बनाईएको आईसोलेसनमा राखिएको थियो । ति मध्ये ११ जनाको पिसिआर नेगेटिभ आईपनि तिन जनाको रिपोर्ट पोजेटिभ आएको घिमिरेले जानकारी दिए । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आईसोलेसनमा उपचाररत रहेको घिमिरेले बताए ।

 
 
  
 

You may also like