गुल्मीमा भारतबाट भित्रिए २ हजार बढी, क्वारेन्टिनमा २१ सय ९ जना

विवश विष्ट
गुल्मी । गुल्मी जिल्लामा पछिल्लो तथ्यांक अनुसार क्वारेन्टाईनमा रहनेको संख्या २१ सय ९ जना रहेक छन । भारतबाट आउँनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिकाको क्वारेन्टाईनमा २३७ जना, मुसिकोट नगरपालिका भित्र रहेका क्वारेन्टाईनमा २६४ जना रहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

शनिबार विहानसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीले दिएको जानकारी अनुसार छत्रकोट गाउँपालिकाका क्वारेन्टाइनमा ३३० जना, धुर्कोट गाउँपालिकाका क्वारेन्टाईनमा २२२ जना, गुल्मी दरबार गाउँपालिकाका क्वारेन्टाइनमा १९६ जना, इस्मा गाउँपालिकाक क्वारेन्टाईनमा १९० जना, रुरु गाउँपालिकाका क्वारेन्टाईनमा १५० जना,मालिका गाउँपालिकाका क्वारेन्टाइनमा १३४ जना, सत्यवति गाउँपालिकाका क्वारेन्टाइनमा १३२ जना, मदाने गाउँपालिकाका क्वारेन्टाइनमा १२१ जना, चन्द्रकोट गाउँपालिकाको क्वारेन्टाईनमा ९३ जना र कालीगण्डकी गाउँपालिकाका क्वारेन्टाइनमा ४० जना रहेको प्रजिअ शर्माले जानकारी दिनुभयो।

धेरैजसो क्वारेन्टाईनमा बस्ने मानिसहरु भारतबाट आएका नै रहेका छन । गुल्मीका स्थानीय तहहरूले निरन्तर क्वारेन्टाइन बनाउने र त्यसमा मानिस राख्ने काम सँगै अनुगमन गरिरहेको प्रशासनले जनाएको छ । गुल्मीमा भारतबाट आउँनेको संख्या तिव्र गतिमा बढ्दै गएको छ ।

 
 
  
 

You may also like