बारामा पत्रकारको श्रीमती पनि कोरोना संक्रमण

बारा । बारामा शनिबार बिहान थपिएका एक जना कोरोना संक्रमित महिला यसअघि संक्रमित भएका पत्रकारको श्रीमती रहेको पाइएको छ ।संक्रमण पुष्टि भएपछि करैमाई निवासी ३७ वर्षीया महिलालाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसअघि उनको श्रीमानमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो । श्रीमानमा संक्रमण पुष्टि भएपछि उनको श्रीमतीसहित चार जनाको पनि परीक्षण गरिएको थियो ।शुक्रबार राति पनि बारामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 
 
  
 

You may also like