कोरोनात्रासको बिचमा चलचित्र पत्रकारिता दिवस, नयाँ क्रियसनले गति लिने बिश्वास

मोहन न्यौपाने
बुटवल । सधैको बर्षजस्तै यस बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारहरुको उत्सव चलचित्र पत्रकार दिवस पर्दछ। हरेक बर्ष कुनै न कुनै विशेष कार्यक्रम गरेर मनाउने यो दिन अहिले घरघरमै सिमित बनेको छ l हरेक बर्ष चलचित्र पत्रकार हरुलाई चलचित्र पत्रकार संघ, नेपालले यस अवसरमा पुरष्कार समेत प्रदान गर्दै आएको छ । केहि महिना अगाडी मात्र बिशेष अधिबेशन मार्फत नया कार्यसमिति चयन भएपछी देश भरका पत्रकार हरुमा नया आशा पलाएकै थियो तर बिडम्बना योजनामा परेका धेरै कार्यक्रम कोरोना त्रास ले ठप्प भयो । त्यसो त देश भरकै सिनेमा हलदेखि स्टुडियो, गीत संगीतका काम समेत ठप्प छन् । यसले चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राबिधिक, प्रोडक्सन हाउस, हल सबैमा न्प्रभाव पारेको छ। जसले गर्दा रफ्तार मा चलेको चलचित्र पत्रकार को कलम अहिले शुन्य गतिमा छ। यो बेला दर्शक पाठक तथा अबलोकन कर्ताले चाहेको कोरोना अपडेट संगै मनोरंजन को क्षेत्रमा कलम चलाउनेको कलम पनि मनोरंजन मै त्यहि बिषय संगै जोडिएको छ । ताकी घरै बसेका चलचित्र क्षेत्रका निर्माता, निर्देशक, कलाकार, प्राबिधिक, गायकगायिका, संगीतकार, गीतकारहरुमा चलचित्र पत्रकारहरुले जोडेको प्रश्न हो लकडाउन कसरी ब्यतित हुदैछ ? तर अहिले केहि हास्य टेलीश्रीन्खला र टेली फिल्महरु भने मास्ककै भरमा टेलिभिजनमा सुचारु देख्न पाइन्छ।
चैत्र पहिलो हप्तासम्म धमाकेदार रुपमा दर्शक पाएको चलचित्र हरुले गति दिएकै थिए । चैत्र दोश्रो सातादेखि राम्रा चलचित्रको बाढीनै आउछ कि भन्ने आकलन केवल आकलन मात्रै रह्यो । यसबर्ष धमाका पिट्ने खालका चलचित्र हलमा रिलिज मितिमात्र पर्खन पाए । केहि फिल्म त नाम सुनेकै भरमा हराए केहि आफ्नो मिति सार्बजनिक भएको समय गएपछी अर्को सुचना नभएसम्मका लागि सरे । यसले गर्दा कोरोना त्रासमा नेपाली चलचित्र क्षेत्र लकडाउन खुलेपछी पनि करिव १ बर्षसम्म दर्शक ओइरिन नसक्ने अनुमान छ। फिल्म चल्नका लागि मात्र हलमा त्यस्ता फिल्म लाग्ने आकलन छ ।

चलचित्र पत्रकार संघ नेपालका नव निर्बाचित अध्यक्ष दिनेश सिटौलाका अनुसार लकडाउनका बीच पनि डिजिटल माध्यमको प्रयोग गर्दै आ-आफ्नो घरबाटै सम्पूर्ण सदस्यहरुसँग शूभकामना आदान-प्रदान गरि स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष दिनेश सिटौलाले बताउनुभयो । स्थापना दिवसको अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम कोरोना माहामारीको कारण हाललाई स्थगित गरिएको उहाको भनाइ छ ।
मोफसलमा बिगत लामो समय देखि मनोरंजन को क्षेत्रमा कलम चलाएका चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले चलचित्र क्षेत्रमा अब सकारात्मक बाढी र नया क्रियसन आउनु पर्छ जसलाई लाककोरोना त्रास भित्रको सकारात्मक कुरा मान्न सकिन्छ अध्ययन र होमवर्क बिनाको फिल्म दर्शकले हेरी आजित भैसकेको अवस्थामा यो बेला सबै निर्माता निर्देशक कलाकार र कथाकार हरुले राम्रो कुरा को होमवर्क गर्न पाउने बताउछन। अब भने दर्शकले झनै राम्रो फिल्म हेर्न पाउछन किनकि यो समयले चलचित्र क्षेत्रका हस्तीलाई बिगतमा गरेको गल्तीलाई सच्याउने मौका दिएको छ । अब दर्शकले राम्रो राम्रो फिल्म हेर्न पाउने रुपन्देही अध्यक्ष श्रेष्ठको दावी छ । बिगतमा चलचित्र पत्रकार संघ रुपन्देहीले हामीले पुरस्कर वितरण गर्ने लगायत विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेकोमा यसपाली कुनैपनी कार्यक्रम गरेका छैनौ केन्द्रले पनि पुरस्कार वितरण स्थगित गरेको छ । अहिले यो महामारीको अबस्थामा चलचित्रकर्मी विभिन्न हल लगायत सम्पूर्ण चलचित्र क्षेत्रत्र प्रभावित भएको चलचित्र पत्रकार संघ रुपन्देहिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

त्यस्तै लामो समय कला क्षेत्रमा कलम चलाउदै आएका पत्रकार टोपराज शर्माले लगानी हचुवाको भरमा बिना अध्ययन अनुसन्धान नगरी फिल्म बनाउने र रमाउने सस्कृति त्यागेर नेपाली सस्कृति र अनुशासन सहितको चलचित्र बनाए मात्र अब चलचित्रको भविष्य रहेको भनाइ छ । ऊहाले बिनाकाममा बालुवामा पानी हालेको जस्तो फिल्म क्षेत्रमा लगानी नहोस भन्ने अपेक्षा राख्नुभएको छ ।

फोटो पत्रकारितामा मोफसल बाटै कलम चलाएका अर्का मनोरंजन क्षेत्रका पत्रकार हरिश ढकालले कोरोना त्रासले चलचित्र क्षेत्र मात्रै नभएर दर्शकलाई समेत असर पार्ने र यो अवस्था सुध्रिए पनि फिल्म क्षेत्रलाइ सुधार्न समय लाग्ने बताउनुहुन्छ । उहाले अब बन्ने नया नया फिल्महरुमा नया पुस्ता नै झल्किने खालको हुनुपर्ने र पहिलाकै अवस्था हो भने अझ गारो हुने स्थिति आउने अड्कल गर्नुभएको छ त्यसैले सुझाव स्वरूप उहाले त्यो स्थितिलाई सामना गर्न चलचित्र क्षेत्रका ३ कुरा निर्माता, प्रदर्शक र चलचित्र पत्रकार मिलेर दर्शक सामु जानुको विकल्प नरहेको बताउनुभएको छ ।

त्यस्तै हल संचालक तथा नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले अहिलेको स्थिति गम्भीर रहेकोले स्थिति सुधार्न चलचित्र क्षेत्रले समग्र लडाई लड्नुपर्ने बताउनुभएको छ । त्यस्तै चलचित्रको सकारात्मक पक्ष भनेको नेपाली चलचित्र हेर्ने नेपाली दर्शकलाइ बानी परेको र अन्य देशको चलचित्र पनि दर्शकले यो समयमा हेर्नुभएकोले दर्शक प्रति आशाबादी हुन पनि सकिन्छ र अबको चुनौती पनि रहेको बताउनुभएको छ । त्यस्तै नेपाल चलचित्र संघका पश्चिमंचल सभापति ओम जैशिले यसपछिको चलचित्र सम्भाव्यतामा आफु सकारात्मक भएको बताउनुभएको छ । दर्शकले हललाइ सुरक्षित् मानेर त्यहि अनुसारको ब्यबस्थापन हेरेर दर्शक ओइरिन्छन् भन्ने आशा उहाले ब्यक्त गर्नुभएको छ । नेपाली चलचित्र मेकर हरुले पनि राम्रो चलचित्रको होमवर्क गरेको हुनुपर्ने बताउदै अब झन् उत्साह थपिने बताउनुभएको छ ।

त्यस्तै लामो समयदेखि सिनेमा हल संचालन गर्दै आएका कालिका चलचित्र मन्दिर बुटवलका संचालक कपिल द्वाले नेपाली चलचित्र क्षेत्रमा देखिएको समस्याको बिगतले पाठ सिकाएको हुनाले अब नया धारका चलचित्र र बाढी आउने प्रचलनको अन्त्य भै सहज र सकारात्मक अनि राम्रा चलचित्र निर्माण र प्रदशन ले द्रुत गति पाउने अनुमान लगाउनुभएको छ, जसले गर्दा दर्शकले अब झन् राम्रा चलचित्र हलमा हेर्न पाउने आशा गर्नुभएको छ ।
समग्रमा चलचित्र क्षेत्रको बिकाश अब झन् द्रुत गतिले अगाडी बढ्ने संकेत देखिन्छ।कोरोना त्रास हट्ने बित्तिकै नेपालि फिल्मको यस्तो बाढी आउछ कि त्यसले दर्शकको छाल रोक्न समेत हम्मे हम्मे पर्ने देखिन्छ। शुरुका दिनमा केहि दर्शक हलमा घट्ने देखिएपनि राम्रा राम्रा चलचित्र हेर्न खोज्ने दर्शकका लागि चलचित्रको बाढी आउने संकेत छ । यसपाली घरमै चलचित्र पत्रकारिता दिवस मनाउन बाध्य चलचित्र पत्रकारहरुको चलचित्र क्षेत्र र यस संग जोडिएको पर्यटन क्षेत्रको विकास र समृद्दिको लागि निश्पक्ष कलम चालोस हाम्रो पनि सबै कलमजीबीमा हार्दिक शुभकामना । जय सिनेमा ।

 
 
  
 

You may also like