गुल्मिका कोरोना संक्रमित पुरुषको स्वास्थ अवस्था स्थिर, आईसियुमा उपचार हुँदै

बुटवल । कोरोना पोजेटिभ देखिएका रुपन्देहीको तिलोत्तमास्थित क्रीमसन हस्पिटलमा उपचाररत गुल्मी मदाने ६ का ४१ बर्षिय पुरुष को स्वास्थ अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

मंगलबार कोरोना पोजेटिभ देखिएका उक्त विरामिलाई केही सामाजिक संजालमा मृत्यु भएको भनेर भ्रामक प्रचार गरिएकोप्रती ध्यानाकर्षण गर्दै हस्पिटलले कोरोना पोजेटिभ देखिएका निज विरामिलाई आईसियुमा राखेर उपचार गरिएको समेत जनाएको छ । केही अनलाईन र सामाजिक सन्जालमा मृत भएको भन्दै प्रचार गरिएको थियो ।

 
 
  
 

You may also like