थप ९ जनामा संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं। नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका ८ जना र बाराका एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा रौतहटको इशनाथ नगरपालिका २, ३, ६ र ९ नम्बर वडाका ७ जना पुरुष र जिल्लाकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिला छन् । यस्तै बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

 
 
  
 

You may also like