सशस्त्र प्रहरीका २२ डीएसपीहरूको एसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरीमा २२ नायब उपरीक्षक (डीएसपी) हरूको उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएको छ ।सशस्त्र प्रहरी बलको मुख्यालयले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिअनुसार २२ जना डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा पहिलो नम्बरमा समिककुमार महर्जन रहेका छन् ।

बढुवा सिफारिसमा पर्नेहरूमा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाकुमार सुवेदी, दीपेन्द्र कुँवर (क) र सुरेन्द्र बुढाथोकी छन् ।

हर्कबहादुर विष्ट, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दीपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोणकुमार विष्ट डीएसपीबाट एसपीमा बढुवाको सिफारिसमा परेका छन् ।

 
 
  
 

You may also like