पोजेटिभ थपिएको छैन, अहिलेसम्म ६८ हजार नमुना परीक्षण – स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ६८ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट सो बराबरको नमुना परीक्षण भएको जानकारी गराएका हुन् । उनका अनुसार आरडिटी विधिबाट ५४ हजार ९३ र पीसीआर विधिबाट १४ हजार ५०९ गरी कुल ६८ हजार ६०२ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४५१ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।देशभरको सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ भने १८ स्थानबाट पीसीआर परीक्षण भइरहेको छ । हाल १७ हजार ३७२ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र ३ र उपत्यका बाहिर १३० जना गरी १३३ जना आईसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

कुन प्रदेशमा कति संक्रमित ?

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७१ जना पुरुष र २८ जना महिला रहेका छन्

त्यसमध्ये प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।जसमध्ये २२ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ७७ जनाको विभिन्न हस्पिटलमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like