नेपालगञ्जमा स्थानीय र प्रहरीबीच झडप, दुईजना घाइते

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ । निषेधित क्षेत्रको पालना गराउन नगर्ने स्थानीयलाई सम्झाउन खोज्दा स्थानीयले नमानेकाले बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निषेधित क्षेत्रको पालना गराउन हिँडेका सुरक्षाकर्मी चढेको बा १ झ ८२८४ नम्बरको गाडीमा स्थानीयले तोडफोड गरेका छन् ।

झडपमा परेर दुई जना स्थानीय घाइते भएका छन् । बिस्कोरियन टोल त्रिवेणी मोडनिर रहेको संजय किराना स्टोर्सका संचालक ५७ वर्षीय शिव कुमार बानियालाई प्रहरीले कुटपिट गरेपछी झडप भएको स्थानीयको भनाइ छ ।

झडपपछि सुरक्षा सतर्कता बढाइएको छ । बिहान ११ बजेदेखि २५ गतेराती १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आवश्यक स्वाब परीक्षणमा संलग्न जनशक्तिबाहेकलाई घर बाहिर निस्किन पनि रोक लगाइएको छ ।

 
 
  
 

You may also like