अर्घाखाँचीमा बँदेलको आक्रमणबाट एक युवक घाइते

 अर्घाखाँची । पछिल्लो समय अर्घाखाँचीको विभिन्न ठाउँमा जंगली जनावर बँदेलले आतंक मच्चाएको छ । बँदेलको आक्रमणबाट शीतगंगा नगरपालिका-२ सीतापुर काउलेका ३६ वर्षीय दीपक परियार घाइते भएका छन् ।

घर नजिकै बारीमा मकै रोपिरहेका बेला बँदेलले एक्कासी आक्रमण गरेक‍ो उनले बताएका छन् । परियारको बायाँ खुट्टामा बँदेलले टोकेर घाउ बनाएको छ ।

परियार चिच्चाएपछि गाउँलेले थाहा पाएर बदेल धपाएका थिए । जंगल नजिकै वस्ती रहेकाले जंगलबाट बँदेल आउने गरेको छ । घाइते परियारको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

 
 
  
 

You may also like