पूर्व सचिव उपाध्याय २५ हजार धराैटीमा रिहा

काठमाडौं। ‘साइबर क्राइम’ को आरोपमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्याया २५ हजार धरौटीमा छुटेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले विद्युतीय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो ।

थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले जानकारी दिएका छन् । धरौटी बुझाएपछि उपाध्याय रिहा भएका छन् ।

 

 
 
  
 

You may also like