हराएको सात महिनापछि बालकको कङ्काल फेला, हत्याको आशंका

रुकुमपूर्व। सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।

बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कङ्काल भेटिएको खबर प्रहरीलाई गरेका थिए । बालकको घरदेखि आधा घण्टाको पैदल दूरीमा उनको कङ्काल भेटिएको हो ।

प्रहरीसंँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले बताए । बालकको मृत्यु आफै भएको नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ ।

 
 
  
 

You may also like