भारतमा मृत्यु हुनेको संख्या आठ सय २४

काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या आठ सय २४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार चार सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा दुई हजार दुई सय नयाँ संक्रमित थपिएका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ भने सात हजार ६ सय २८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ३३ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि ९९ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like