अमेरिकाले आफ्ना नागरिक लैजान पुन:जहाज पठाउदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण राेक्न जारी गरिएको लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लैजान संयुक्त राज्य अमेरिकाले पुनः जहाज पठाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपालमा रहेका अमेरिकी नागरिक लैजान मंगलबार बिहान एउटा विमान काठमाडौं अवतरण हुँदै छ ।

अमेरिकाले यसअघि पनि नेपालमा रहेका आफ्ना नागरिकमध्ये करिब ३ सय जनाको उद्दार गरेको थियो ।

यसअघि कतार एयरवेजको जहाज चार्टर गरेको अमेरिकाले यसपटक भने आफ्नै देशका कम्पनीको जहाज पठाउन लागेको हो ।

तर, कुन कम्पनीको जहाज पठाउन लागिएको भन्ने विषय भने खुलेको छैन ।

 
 
  
 

You may also like