रास्ट्रीय संगीतकर्मी संघको राहत वितरण कार्य जारी , आइतवार ८० जनालाई राहत वितरण

काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघले आज एकै दिन ८० जनामा राहत बितरण गरेको छ । लकडाउनको समयमा समस्यामा परेका कुनैपनी कलाकर्मी सकभर नछुटुन भन्बे उद्देश्यका साथ अगाडि बढेको सस्थाले आज बल्खु कुलेस्वर कपन बालुवाखानी कुमारीगाल चाबहिल लामापम्प नारायणटार माकालवारि जडिबुटी अनामनगर बानेश्वर पुतलीसडक लगाएतमा पुगेर बिपदमा परेका कलाकर्मीमा राहत बितरण गरेको हो।आफ्नै आर्थिक ब्यबस्थापनमा आज सम्म यो सस्थाले करिब ७०० जनामा राहत पुर्याउन सफल भएको छ। राष्ट्रिय संगीतकर्मी संघको अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिनु भयो ।

अधिकान्स केन्द्रीय समिती आजिबन सदस्य र सुभचिन्तनको आर्थिक सहयोग बाट संचालित यो अभियान आज प्रभावकारी र सबैको नजरमा तारिफ गर्न योग्य भएको छ। आज विभिन्न २ समूह भएर बितरित राहत अभियानमा केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की उपाध्यक्ष अमृत खाती उपाध्यक्ष उमा श्रेष्ठ महासचिव बिक्रम जङ शाह स- सचिब श्रीकृष्ण दाहाल सचिबालय सदस्य राज कुमार हुमागाइकेन्द्रीय सदस्य लिला श्रेष्ठ सुमी श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो।

साथै यो अभियानको सफलताको कामना गर्दै आज यस सस्थाका सुभचिन्तक समाजसेबी तथा कलाप्रेमी राजेन्द्र प्रसाद पौडेल र उहाँका धर्मपत्नी मैयाँ पौडेलले रु ५०००० अक्षररुपी पचास हजार मात्र) अध्यक्ष राजेन्द्र कुमार कार्कीलाई हस्तान्तरण गरि आबस्यक पर्दा सस्थालाइ यो भन्दा ठुलो साथ र सहयोग गर्न पनि तयार रहेको समाजसेबी पौडेलले बताउनु भएको थियो। सो अबसरमा माननीय साम्सद रमा कुमारी आले मगर अन्जना बिसन्खे सस्थाका सहसचिब श्रीकृष्ण दाहाल सचिबालय सदस्य राज कुमार हुमागाइ लगाएतको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like