सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका दुई जनामा कोरोना (कोभिड–१९) भाइरस संक्रमण पुष्टि भएको छ । अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीनमध्ये अब एक जनाको रिपोर्ट आउन बाँकी छ ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरुमध्ये दुई जनाको रिपोर्ट आएको र कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरु २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए ।

 
 
  
 

You may also like