प्रहरीका १० एसएसपीको डीआइजीमा बढुवा, को-को भए बढुवा (सूचीसहित)

काठमाडौं । दरबन्दी रिक्त भएको दुई महिनापछि नेपाल प्रहरीका १० प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआइजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गएको सोमबारको मन्त्रिपरिषद् बैठकले डीआइजीको दरबन्दी १४ कायम गरेपछि बाँकी १० डीआईजीको लागि कडा प्रतिस्पर्धा भएको थियो । १० डीआइजीको लागि ३४ एसएसपीहरुको प्रतिस्पर्धा थियो ।

गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआइजी बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआइजी बढुवाका लागि सिफारिस भएका छन् । जसमा २४ एसएसपीहरु डीआइजीको दौडबाट बाहिरिएका छन् ।

 
 
  
 

You may also like