नियमित किताब पढ्ने व्यक्तिको आयु यति बर्षसम्म लामो हुन्छ – महत्वपूर्ण जानकारी

संसारमा यति धेरै किताबहरु छन् कि जुन पढेर कहिल्यै सकिदैन । किताबमा रमाउने मानिसहरु सायदै कमै भेटिने गर्छन् । तर किताब पढ्ने व्यक्ति र नपढ्ने व्यक्तिमा निकै फरक पाइन्छ । किताब पढ्ने व्यक्तिले हरेक कुराको सजिलै तर्क दिन सक्छ भने किताब नपढ्ने व्यक्तिलाई तर्क दिन एकदमै कठिन हुने गर्छ । किताब पढेपछि धेरै कुराहरुको ज्ञान पनि प्राप्त हुने गर्दछ ।

नियमित किताब पढ्ने व्यक्तिको आयु पनि लामो हुन्छ । Social Science र Medicine मा २०१६ मा प्रकाशित एक अनुसन्धानको नतिजाले यस्तै बताउछ । किताब पढ्ने व्यक्ति आफ्नो स्वाथ्यलाई कसरी तन्दुरुस्त राख्ने र आफ्नो दिमागलाई कसरी ताजा राख्ने भन्ने कुरामा जानकारी योग्य हुन्छन् ।

अनुसन्धानमा ३६ सय व्यक्तिको पढ्ने बानीमाथि अध्ययन गरिएको थियो । अमेरिका स्थित Yale University School of Public Health ले गरेको उक्त अनुसन्धानले दिनहुँ कम्तिमा ३० मिनेट किताब पढ्ने व्यक्तिको आयु २ बर्ष लम्बिन सक्ने बताउछ । त्यस्ता व्यक्तिहरु चाडै मर्ने सम्भावना अरु व्यक्तिको तुलनामा २३ प्रतिशतले कम हुन्छ । तर, पत्रपत्रिका या म्यागजिन पढेर, किताब नै पढ्नुपर्छ ।

अनुसन्धानकर्ता तथा बिशेषज्ञहरुका अनुसार, नियमित किताब पढ़नाले दिमाग सधै सक्रिय रहन्छ, निर्णय गर्ने क्षमता बढ्छ, सकारात्मक सोचमा बृदी हुन्छ, राम्रा बानीको विकास हुन्छ । यसले गर्दा ऊ मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त हुन सक्छ र आयु लामू हुन्छ ।

किताब पढ्दा जिन्दगीमा आउने परिवर्तनहरु :

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !

२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !

३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६, आमा-बुबाको मूल्य बुझिन्छ !

७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !

८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !

९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ !

१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !

१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ !

१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !

१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !

१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् !

जीवनमा कसरी सफलता प्राप्त गर्ने ? के-के गर्ने सफलता पाउन ?

हरेक काममा सफलताः अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ ।

सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन ।

अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्‍याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् । सफलताका तीन सिँढी

– निरन्तर परिश्रम ऊर्जा कायमै

– सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ

– सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस्

सफलता पाउन के गर्ने ?

यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जन्ने प्रयाश गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ ।

एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइैको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले मिहेनत गर्नु पर्दछ । सफलता पाउनका लागि तपाईले केही काम नियमित गर्न आवश्यक छ ।

पढ्ने वानीको विकास

विशेषज्ञका अनुसार धेरैजसो सफल मानिसले सुत्नुअघि पढ्नका लागि समय छुट्याउछन् । यो जरुरी छैनकी तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाइले पे्ररणत्मक कहानी, व्लग्स साहित्या या समाचार भएपनि पढ्ने बानी विकास गर्नुस् ।

सकारात्मक सोच

दिनभरको भागदौडपछि दिमागमा तनाव, थकान र नकारात्मक सोच हुनु सामान्य मानवीय प्रक्रिया हो । यदी तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ । दिनभर गरेका सकारात्मक काम बारे सोच्नुहोस् तपाईलाई आनन्द आउँछ ।

कामको लिस्ट बनाउनुस्

बेलुका सुत्नुअघि तपाईले भोलिपल्ट गर्ने कामको लिस्ट बनाउनुस् । सवै कामको लिस्ट बनाउन गारो हुन्छ तर पनि कामको लिस्ट बनाउँदा तपाईको जीवन व्यवस्थित हुन जान्छ ।

परिवारलाई समय

तपाईसँग जति पैसा, नाम र व्यस्तत भएपनि परिवारको लागि समय छैन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले अफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।

मादक पदार्थबाट पर बस्नुस्

सफलताका लागि मादक पदार्थहरु बाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ

ध्यान गर्नुस्

कयौं सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट तपाईका दिन र दिमाग चिन्ताबाट टाढा जानेछ ।

 
 
  
 

You may also like