धर्म र परिवर्तनको आधार : समाज सेवा

२५ चैत्र २०७६, मंगलवार
  • भरत जंग क्षेत्रि

युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरुले सामाजिक काममा आ-आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरुको सामाजिक कार्यमा सक्रियतालाई संकेत गरिरहेको छ । जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवियताको आवश्यकता छ । तसर्थ सबै युवाहरू समाज परिबर्तनमा खटिनु आवश्यकता ठान्दछु ।

समाजमा धेरै युवाहरू नकारात्मकक्रियाकलापहरुमा फसिरहेको यो अवस्थामा नकारात्मक कार्यहरुलाइ चिरेर युवाहरूलाई सामाजिक काममा ब्यस्त गराउन सके सायद हामिले सोचेको समाज रास्ट्र निर्माण गर्न गाह्रो छ जस्तो लाग्दैन्। मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरुलाई सेवा गर्यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरुले पनि बताएका छन् । सकारात्मक परिबर्तनका निम्ति र समाज मा घटिरहने विक्रीति बिसङ्गती हरुका निम्ति आवाज बुलन्द पार्न युवाहरू जाग्नु पर्ने समय आएको छ ।

 

मलाई जीवनमा पढ्नै नपरे जस्तो कहिल्यै लागेन । किनकी मेरो आफू शिक्षित भएर समाज परिवर्तन गर्ने लक्ष्य छ । त्यसैले मैले पढाइलाई जहिले पनि महत्त्व दिएँ । म समाज सेवा गर्न किन रुचाउछु भन्दा पनि समाजसेवा एउटा मानवीय धर्म हो र हर मानिसमा मानवियता हुन्छ । समाजसेवा आत्मचाहाना हो र आत्मा सन्तुष्टिका लागि गर्ने गरेको छु। समाजसेवा निस्वार्थ हुनुपर्छ नै तर आजभोली हर क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएको महशुस गरेको छु। दिन रात नभनी यदि मेरो सानो सहयोगले कसैको जिबन बचाउन सकिन्छ वा कसैको अनुहारमा खुशी छाइन्छ भने म हरेक समयमा त्यो ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष सेवा गर्न पुगेको हुन्छु। दिन भनम अथवा मध्य रातमा भनौ दुर्गम जिल्ला बाट बिरामी भएर उपचार का लागि आउनुभएका लाई रगतको अभाव पर्दा त्यो सुनसान कालो रातमा पनि बिरामी को सेवामा समपिर्त हुन रक्तदाता हरु एक कलको भरमा मेरो बोलिलाइ हस भन्दै आउनुहुने भगवान रुपि रक्तदाता हरुलाइ पनि सम्झिन्न चाहन्छु। हरेक क्षेत्रमा बालबालिका देखि वृद्ध बुबाआमा लाई खुशी पार्ने सामाजिक कार्यहरु लिएर कुनै गाउ पुगिसकेको छु भने कहि ठाउँ बाकी छन।

मान्छे जन्मेर यश संसारमा पाइला टेक्न साथ कोहिपनि गरिब भएर जन्मिदैन त्यो त केबल भगवान को देन हो बास्तबमा जोकोही मानिस जन्मेर अल्लि ठुलो हुदै जान्छ अनि उसले बिस्तारै आमाको काख बाट टाढा हुँदै जान्छ । समय र परिस्थितिले गर्दा धेरै बालबालिका हरु शिक्षा बाट बन्चित भएका छन त्यो केबल गरिबी र आफ्नो परिबार को साहारा नपाएर हो यस्तै दिन दुखी हरु लाई सेवा गर्ने हेतुले म एउटा गरिब पनि समाज सेवा लाई मुल मन्त्र बनाएर सेवामा समपिर्त छु।

मेरो विचारमा, यदि सकिन्छ भने कसैले पनि आफू आफ्नो कार्यमा दत्तचित्त भई अरुको भन्दा राम्रो र प्रभावकारी काम गरेर अगाडि बढौँ र देश विकासमा सरिक होऔँ । यदि यसो गर्न सकिन्न भने, अरुको प्रगतिमा रीस, डाह र इर्स्या नगरौँ र अरुको प्रगतिमा भाँजो हाल्ने कार्य पनि नगरौँ हरेक सामाजिक अभियान्ताहरु बिच चिनजान सुमधुर सम्बन्ध र सहयोग आदानप्रदान गर्ने बानिको बिकास गरौ।

मलाई मेरो सामाजिक यात्रामा सहयोग गर्नुहुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी र थुप्रै सामाजिक सस्था प्रती उच्च सम्मान सहित आभारी छु र देशका अग्रज सामाजिक ब्याक्तीत्वहरु , अभियान्ता,पत्रकार हरु मलाइ जन्म दिने बुबा आमा र हजुरबुबा लगायत सम्पूर्ण साथिभाइ हरु प्रेणका स्रोत हुनुहुन्छ तपाईं हरुको सल्लाह सुझाब साथ सहयोग र मायाको सधै अपेक्षा गर्दछु। धन्यवाद ।

  • उनि सामाजिक अभियान्ता हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया