पोखरामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइयो

काठमाडौं । कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । कोराना संक्रमणको पहिलो परीक्षणपछि थप परीक्षणका लागि ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा.बुद्धि थापाले जानकारी दिए । तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ । यो विषयमा थप पुष्टि गर्न ४ बजेको स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस रिलिज कुरिरहेको समेत डा.थापाले बताए । उनले अहिले यसबारेमा केही बोल्न नमिल्ने बताए ।

गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो । जसमध्ये ४३ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । यसअघि विदेशबाट फर्किएका ६ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । शुक्रबार मात्र कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 
 
  
 

You may also like