संसारका १० देशहरु जहाँ अझै कोरोना पुगेको छैन

काठमाडौं। अमेरिकामा रहेको जोन होपकिन्स विश्वविद्यालयले कोरोना भाइरसको अपडेटका लागि संसारको सबैभन्दा ठूलो तथ्यांक तयार पारेको छ । धेरैजसो मिडिया र सरकारले यहीँको तथ्यांकको प्रयोग गरिरहेका पाइन्छन् ।

उक्त विश्वविद्यालयका अनुसार कोरोना भाइरस अहिलेसम्म संसारको १८० देशसम्म पुगिसकेको छ । यद्यपि, वर्ल्डोमिटरले भने कोरोनाभाइरस फैलिएर २०३ राष्ट्रमा पुगिसकेको जनाएको छ । तर कतिपय यस्ता देशहरु छन्, जहाँ कोरोना अहिलेसम्म पुगेको छैन । जबकि उत्तर कोरियाको सीमा चीन र दक्षिण कोरिया जस्ता देशहरुसँग जोडिएको छ । यी दुई देशबाट नै संसारभरी कोरोनाभाइरस फैलन सुरु भएको थियो ।

जोन होपकिन्स विश्वविद्यालयका ३१ मार्चसम्मको तथ्यांकअनुसार अफ्रिका महाद्वीपमा कयौं देश छन् जहाँ अहिलेसम्म कोरोना भाइरसको एउटा पनि घटना बाहिर आएको छैन । यहाँका बोत्सवाना, तुर्कमेनिस्तान, ताजिकिस्तान, यमन, कोमोरोस, मलावी, साओ तोमे एण्ड प्रिन्सिपी, दक्षिण सुडान रहेका छन् । यसका साथै कतिपय साना टापूहरुमा पनि कोरोना भाइरस पुगेको छैन । यसमा सोलोमन टापु, वानुआतू रहेका छन् ।

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्र केवल १९५ देश मात्र रहेका छन् ।

संसार कोरोनाभाइरसलाई नियन्त्रण गर्न जुटेको छ भने उत्तर कोरिया मिसाइल परीक्षणमा लागेको छ । उत्तर कोरियाको दावीमा कतिपयले प्रश्न उठाएका छन् भने कतिपयले समर्थन पनि गरेका छन् ।

उत्तर कोरिया बाँकी संसारबाट कटेकोले त्यहाँ कोरोना नफैलिएको अनुमान गरिएको छ । उत्तर कोरियाले दुई दिन अघि मात्र मिसाइल परीक्षण गरेको छ ।

अहिलेसम्म संसारमा १३० देशमा कोरोनाबाट मृत्यू भइसकेको छ । विश्वविद्यालयको तथ्यांकअनुसार ८.५९ लाख मानिसमा संक्रमण भएको छ । १३० देशमा ४२,३४१ मानिसको ज्यान गएको छ । १.७८ लाख मानिस ठिक भएका छन् भने सबैभन्दा बढी १.८९ लाख मानिस अमेरिकामा संक्रमित भएका छन् । सबैभन्दा धेरै १२,४२८ मानिस इटलीमा मरेका छन् ।

 

 
 
  
 

You may also like